लामिछाने सम्मिलित जमैका तलावाजले गुयाना एमेजन वारियर्सविरुद्ध खेल्दै
काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्र्तगत नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली जमैका तलावाजले आज राती गुयाना एमेजन वारियर्सविरुद्ध खेल्दैछ ।
खेल नेपाली समय अनुसार आज राती १२ बजेपछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । दुवै टोलीले खेलेका समान २ खेल मध्ये १ मा जित र अर्कोमा हार बेहोरेका छन् ।
जमैकाले पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई ५ विकेटले हराएपनि अर्को खेलमा ट्रीनबेगो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।
गुयाना पहिलो खेलमा ट्रीनबेगो नाइट राइडर्ससँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्र्स लाई ३ विकेटले हराएको थियो ।
सन्दीपले दुई खेलमा दुई विकेट लिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्