अवरुद्ध मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

चितवन । पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन–नारायणघाट सडक खुलेको छ । शुक्रवारदेखि अवरुद्ध भएको सडक खुलाइएको हो ।
पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएका छन् । पहिरो आंशिक रूपमा पन्छाएपछि बाटो एकतर्फी रूपमा खुला भएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।
एकतर्फी खुला भएको सडक खण्ड पूर्णरुपमा सञ्चालनमा आउन अझै केही घण्टा लाग्ने बताइएको छ ।
सडक खुलेसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । इच्छा कामना गाउँपालिका अन्तर्गत मुग्लिन नजिकैको तीन नम्बर पुलमा शुक्रवार पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्