मकवानपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुर जिल्लामा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’
किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा सङ्क्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
चौँलागाईका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका भित्रका मात्रै १२ जना र मनहरी गाउँपालिकाका आठ जना, मकवानपुरमा कार्यरत एक प्रहरी र नुवाकोटका दुई जनामा कोरोना पुष्टि भएको हो ।
हेटौँडाका सङ्क्रमित हेटौँडा–१० का ६ जना, हेटौँडा–४ का दुई जना, हेटौँडा– २, ५, ७ र ९ का एक /एक जना रहेका छन् ।
त्यस्तै मनहरी गाउँपालिका वडा नं. ७ का सात जना र वडा नं. ८ का एक जना रहेका छन् भने बाँकेका घर भई हाल मकवानपुरमा कार्यरत एक प्रहरी, र नुवाकोट घर भई मकवानपुरमा बसोबास गर्दै आएको दुई जना रहेको चौँलागाई बताउनुभयो ।
आज थपिएका मध्ये हेटौँडा उपमहानगरपालिकाका चार जना महिला र आठ जना पुरुष रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्