क्यालिफोरनियामा डंँढेलोका कारण ६ जनाको मृत्यु
क्यालिफोरनियामा : संयुक्त राज्य अमेरिकाको पश्चिमी प्रान्त क्यालिफोरनियामा डंँढेलोका कारण ६ जनाको मृत्यु भएको छ भने एक लाख ७५ हजार मानिस विस्थापित भएका छन् ।
क्यालिफोरनियाको पहाडी क्षेत्रहरुको जङ्गलमा लागेको उक्त डंँढेला क्यालिफोरनियाको इतिहासकै सबैभन्दा ठूलो भएको अधिकारीहरुले जनाएका छन् ।
तातो हावा र चट्याङ्गका कारण उक्त डंँढेलो लागेको, अधिकारीहरुले बताएका छन् ।
डंँढेलाका कारण सयौं भवनहरु जलेर नष्ट भएका र हजारौं भवनहरु जलेर नष्ट हुने जोखीममा रहेको, अधिकारीहरुले बताएका छन् ।







प्रतिक्रिया राख्नुहोस्