तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञाको समयमा पनि रेमिट्यान्स कम्पनीहरुले सेवा दिने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समयमा पनि रेमिट्यान्स कम्पनीहरुले सेवा दिने भएका छन् ।

निषेधाज्ञाको समयमा पनि रेमिट्यान्सको कारोबार भइराख्ने भएकाले सेवा सुचारु नै राख्न नेपाल राष्ट्र बैकले परिपत्र मार्फत निर्देशन दिएको छ ।

विदेशमा कार्यत नेपालीले पठाएको रेमिट्यान्स भुक्तानी नहुँदा घर व्यवहार चलाउन पनि समसया हुने भएकाले कम्पनीहरुलाई सेवा सूचारु राख्न भनिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिनुभयो ।

राष्ट्र बैंकले शुक्रबार रेमिट्यान्स कम्पनीहरुलाई परिपत्र गर्दै सुरक्षा सम्बन्धी सबै मापदण्ड पालना गरेर सेवा सुचारु गर्न र कर्मचारीहरु न्युनतम राखेर सेवा दिनु पर्ने परिपत्रमा उल्लेख गरिएको छ ।

यस अघि नेपाल राष्ट्र बैकले सबै बैकहरुलाई बैकिड.सेवा न्यूनतम कर्मचारीबाट संचालन गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button