तपाईँ सुन्दै हुनुहुन्छः

अवैध सामानसहित पक्राउ परेका भारतीय कारवाहीका लागि भन्सार चलान

कैलाली । अवैध सामान सहित पक्राउ परेका भारतीय नागरिकलाई प्रहरीले कारवाहीका लागि भन्सार चलान गरेको छ ।

भन्सार छलि ल्याएका मोवाइलमा प्रयोग हुने अवैध सामान सहित टीकापुर नगरपालिका वडा नम्बर १ बाट हिजो पक्राउ परेका ३४ वर्षीय चाँद अलीलाई बरामद सामान सहित प्रहरीले आज सत्ती भन्सार कार्यालयमा बुझाएको हो ।

भारतको खिरी जिल्ला तिकुनीयाँका अली विगत लामो समयदेखी टीकापुरमा बसेर मोवाइलमा प्रयोग हुने सामानको अवैध कारोवारमा संलग्न रहेको सुचनाका आधारमा पक्राउ परेका ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुधन न्यौपानेले जानकारी दिनुभयो ।

उनको साथबाट प्रहरीले १६ लाख ८९ हजार ६०० बराबरको मोवाइलमा प्रयोग हुने डिस्प्ले १ हजार २ सय ६७ थान बरामद गरेको प्रमुख न्यौपानेले बताउनुभयो । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अवैध सामान सहित उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button