तपाईँ सुन्दै हुनुहुन्छः

हेटौंडामा २८ सहित ३० जनामा कोरोना संक्रमण

मकवानपुर । मकवानपुर जिल्लामा आज एकै दिन थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सार्वजनिक भेका कारोना संक्रमितहरुहरु सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिका भित्रका मात्र २८ जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकराी दिनुभयो ।

यसैगरी थाहा नगरपालिकाका २ जनामा संक्रमण पुष्टी भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले जानकारी दिनुभयो । उनीहरुको स्वाब साउन ३२ गते संकलन गरिएको थियो । अझै सात सय ९१ जनाको स्वाब संकलन भएको र उनीहरुको परीक्षणकै तयारीमा रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button