तपाईँ सुन्दै हुनुहुन्छः

विपदमा परि ज्यान गुमाएका परिवारजनलाई एक लाख राहत दिने प्रदेश सरकारको निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो, डुवान (विपदजन्य घटना) मा परि मृत्यु भएका परिवारजनलाई राहत स्वरुप एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले पछिल्लो समय प्रदेशका नौ वटै जिल्लामा विपदजन्य घटनामा परि ज्यान गुमाएका परिवारलाई राहत स्वरुप जनही एक लाख उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मंत्रालयका प्रवक्ता तेजप्रकाश जोशीले जानकारी दिनुभयो ।
यस्तै बैठकले प्रदेश विपद ब्यवस्थापन कोषमा एक करोड रकम उपलब्ध गराउने निर्णय गरेको उहाले बताउनुभयो ।

यसैगरी प्रदेश सरकारले विपदजन्य घटनामा परी ज्यान गुमाएकाहरु प्रति गहिरो दुख ब्यक्त गर्दै घाईते सवैको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button