कर्णालीका ४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा
सुर्खेत । समुुदायस्तरमै कोभिड–१९ संक्रमणको जोखिम बढेपछि कर्णाली प्रदेशका ४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, जुुम्लाको चन्दननाथ नगरपालिका, मुुगुको छायाँनाथ रारा नगरपालिका र रुकुुम–पश्चिम जिल्लाभर नै निषेधाज्ञा लागू गरिएको हो । सुर्खेतको वीरेन्द्रनगरमा भदौ १ गते देखि ५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी छ । मानिसहरुको बढी भिडभाड हुने नगरका छिन्चुु, रामघाट, जहरेलगायत बजार बन्द गरिएको हो ।
जुम्लामा बजार सञ्चालन र मानिसहरुको आवात–जावतमा कडाइ गरिएको छ । प्रशासनले कोरोनाको उच्च जोखिम भएको चन्दननाथमा सील गरेको छ भने अन्य पालिकामा निषेधाज्ञा नै जारी गरेको छ । प्रमुुख जिल्ला अधिकारी भुुपेन्द्र थापाले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिनु भयो । मुुगुुमा पनि आवतजावतमा कडाइ गरिएको छ ।
सहायक प्रमुुख जिल्ला अधिकारी केशव ज्ञवालीले सोमवारदेखि दुुई हप्तासम्मका लागि जिल्लाका सीमा नाका र बजार क्षेत्रमा कडाइ गरिएको बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्