क्यानले कोभिड १९ को बीमा गर्ने
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले कोभिड १९ को बीमा गर्ने भएको छ ।
नेपालमा अधिकांश खेल संघले खेलाडीको कोरोना बीमा नगरेको अवस्थामा क्यानले भने आफ्नो मातहतमा रहेका पुरुष, महिला खेलाडी, कर्मचारी र कीर्तिपुर र मुलपानीको मैदानमा काम गर्ने कामदारको कोरोना बीमा गर्ने भएको छ ।
यसमा क्यानले राष्ट्रिय टिमका १८ पुरुष र १८ महिला खेलाडीको कोरोना विमा गर्ने भएको छ । यस्तै कीर्तिपुर मैदानमा काम गर्ने १५ जना, मुलपानी मैदानमा काम गर्ने ६ जनाको पनि वीमा गर्नेछ ।
साथै क्यानमा रहेका ६ जना कर्मचारीको पनि यो महामारीको बीमा गर्ने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्