बाजुरामा पहिरोमा परी २ जनाको मृत्युु
बाजुरा । मंगलबार राति आएको अविरल बर्षाका कारण बाजुराका विभिन्न ठाउँमा आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पहिरोमा परी बुढीनन्दा नगरपालिका वडा नम्बर ६ की ५५ वर्षीया भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ३ वर्षीया बालिका सनिका बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यस्तै खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ५ वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया नन्दा बुढा घाइते भएका छन् ।
राति सुतेको बेला घर माथिबाट आएको पहिरोले घर पुरेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्