मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालगन्ज । बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएका बर्दियाका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मधुवन नगरपालिका वडा नं. ९ का ७८ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान साढे ७ बजे मृत्यु भएको थियो । उनको हिजो स्वाब संकलन गरिएको थियो । उनी भदौ १ गते अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठका अनुसार उनी निमोनिया र मधुमेहका विरामी थिए ।








प्रतिक्रिया राख्नुहोस्