बारामा ६५ कोरोना संक्रमित थपिए
बारा । बारामा आइतवार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानिय प्रशासनले लक डाउनमा कडाई गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले हाल जिल्ला भर समुदाय स्तरमा कोरोना संक्रमण फैलिएका कारण भोलि सोमवारबाट लागु हुने गरी अनिश्चित समयको लागी निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले एक विज्ञप्ती मार्फत सो घोषणा गर्नु भएको छ । निषेधाज्ञालाई थप कडाईका साथ लागु गरिने प्रशासनले जनाएको छ । लड डाउनले पनि परिस्थिति सुधार नभए कर्फ्यु समेत लगाउँने प्रजिअ पंडितले उल्लेख गर्नुभएको हो ।
संक्रमित हुनेहरुमा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाका ३६ जना, महागढीमाई नगरपालिकाका १७ जना, करैयामाई गाउँपालिकाका १० जना र कलैया उपमहानगरपालिकाका २ जना गरि एकै पटक थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा एकै पटक धेरै जनामा संक्रमण पुष्टि भएको यो पहिलो पटक भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । यो सँगै बारामा कोरोना संक्रमितको संख्या ३ सय ८८ पुगेको छ । जस मध्ये १ सय ५८ जनाको उपचार भई रहेको छ, भने ३८ जना होम आइसोलेसनमा छन् । हाल सम्म एक सय ९३ जना संक्रण मुक्त भई घर फर्किएका छन् । भने सात जनाको ज्यान गएको प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्