सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम
कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित कलुवापुरमा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
पछिल्लो समय दैनिक जसो सवारी दुर्घटना हुन थालेपछि इलाका प्रहरी कार्यालय झलारी, अस्थायी ट्राफिक प्रहरी पोष्ट कलुवापुर र अमृता बाल विद्या मन्दिर पिपलाडीले संयुक्त रूपमा जनचेतनामूलक कार्यक्रम गरेको बताइएको छ ।
सडक दुर्घटनाका साथै कोभिड–१९ को संक्रमण न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट कलुवापुरका प्रमुख बीर बहादुर बिष्टले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्