तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा काेराेना संक्रमितकाे मृत्यु

रूपन्देही- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । शनिवार बिहान कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

उपचारका लागि अस्पताल आउँदा ती पुरुषको फोक्सोमा समस्या देखिएको थियो । आइसियुमा राखेर उपचार हुँदै थियो । तर शनिवार बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताउनुभयो । मृतक ती सङ्क्रमित पुरुषले तीन दिनदेखि प्रादेशिक अस्पतालमा उपचार गराइरहेका थिए ।

अस्पतालले जनाएअनुसार उनको सुरुको रिपोर्ट नेगेटिभ आए पनि जेनेक्स्पर्ट गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि फेरि गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको डा. गौतमले जानकारी दिएनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button