तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकाका १ सय ३८ सहित थप ४ सय ८४ जनामा कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरसबाट आज काठमाडौ उपत्यकाका १ सय ३८ जना सहित थप ४ सय ८४ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज १० हजार ४ सय ८१ वटा नमूना परीक्षण गर्दा ४ सय ८४ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।

प्रवक्ता गौतमले दिनुभएको जानकारी अनुसार आज काठमाडौका थप १ सय ९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हाल सम्म ४ लाख ७३ हजार १ सय ७९ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा जम्मा २४ हजार ४ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी आज थप ८ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

आज धनुषाका २ जना, काठमाडौ, सप्तरी, मोरङ्, कपिलवस्तु, बारा र धादिङ्का १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज थप ६४ जना संक्रमण मुक्त भएपछि कोरोना संक्रमण मुक्त भई घर फर्किनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।

हाल सम्म ६८ दशमलव ४६ प्रतिशत संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button