तपाईँ सुन्दै हुनुहुन्छः

गोंगबु हत्याकाण्डका अभियुक्त सार्वजनिक

काठमाडौ।काठमाडौ गोंगबु हत्याकाण्डका अभियुक्तलाई महानगरीय प्रहरी परिसर काठमाडौले आज सार्वजनिक गरेको छ ।
परिसरले कल्पना मुडवरी पौडेललाई सार्वजनिक गर्दै नेपाल प्रहरीको जो जो नामक कुकुरको सहयोगमा चितवनबाट अभियुक्त पौडेललाई फेला पार्न सफल भएको जानकारी दियो ।

यही साउन २५ गते टोखा नगरपालिका वडा नं १० मा कालो रंगको सुटकेसभित्र टाउको र खुट्टा विनाको शव भेटिएपछि नेपाल प्रहरी मृतक र अभियुक्त पत्ता लगाउन सक्रिय रहेको थियो ।

अभियुक्त पौडेलले आफुमाथि यौन हिंसा भएको भन्दैे रोल्पाका ४५ वर्षीय कृष्ण बहादुर वोहोरालाई मारेको प्रहरीसमक्ष स्वीकारेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

अभियुक्त पौडेल र मृतक वोहाराविच करिब ४ वर्ष अघि सामाजिक सञ्जालमार्फत चिनजान भएको खुलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button