तपाईँ सुन्दै हुनुहुन्छः

एन्फाको साधारण सभा अनिश्चित समयका लागि स्थगित

काठमाडौं । कोरोना भाइरसको महामारीको असर नेपालमा झन बढेपछि अखिल नेपाल फुटबल संघ एन्फाले भदौं १५ गते गर्ने भनेको एन्फाको साधारण सभा अनिश्चित समयका लागि स्थगित गरेको छ ।

कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटकका लागि सरेको हो । यसअघि चैत्रमा एन्फाले साधारण सभा गर्ने बताएको थियो । तर त्यो बेलापनि कोरोनाका कारण सरेको थियो ।

फेरि अहिले देशमा कोरोनाको संक्रमण झन तिब्र रुपमा बढिरहेको हुँदा यसको रोकथाम, नियन्त्रण तथा ब्यवस्थापन गर्ने निकायहरुबाट गोष्टी, भेला, सम्मेलन, अवागमन जस्ता कामहरुलाई निषेध गर्न सरकारले नै आग्रह गरेको छ । जसका कारण एन्फाले आफ्नो साधारणसभा फेरि अनिश्चित समयका लागि सरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button