तपाईँ सुन्दै हुनुहुन्छः

बक्सिङ संघको अनियमितताबारे सत्य तथ्य पेश गर्न ७ दिने पत्र

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल बक्सिङ संघमा देखिएको आर्थिक अनियमितताका सम्बन्धमा सत्य तथ्य पेश गर्न ७ दिने पत्र काटेको छ ।

राखेपले बक्सिङ संघका अध्यक्ष राम अवालेलाई पत्र लेख्दै ७ दिनभित्र संघभित्र भएका आर्थिक अनियमितताका विवरण परिषद्मा पेश गर्न निर्देशन दिएको हो ।

संघका महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते बक्सिङ संघमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै छानविन गर्न माग सहित राखेपमा उजुरी दिएका थिए । उनीहरुले संघभित्रको आर्थिक अनियमितताको छानविन गरि दोषीउपर कारवाही गर्न माग गर्दै राखेपमा ५ बुँदे निवेदन दर्ता गरेका थिए ।

राखेपका संघ सस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पत्र लेख्दै सत्य तथ्य विवरण खुलाई ७ दिन भित्र राखेपमा पत्र पेश गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button