फुटबलर श्रेष्ठले एनपिएल साउथ अष्ट्रेलिया लिग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर जगजित श्रेष्ठले अष्ट्रेलियन क्लव पाराहिल नाइट्स एफसीबाट एनपिएल साउथ अष्ट्रेलिया लिग खेल्ने भएका छन ।
उनले अगष्टको एक तारिखबाट लागु हुने गरी क्लबसँग सम्झौता गरेका छन । जारी लिगको पुछारमा रहेको पाराहिल नाइट्समा अनुबन्ध हुन पाउँदा खुसी भएको बताएका छन ।
पछिल्लो केही वर्षदेखि निरन्तर अष्ट्रेलियामा बस्दै आएका जगजित बीचमा केही समय लिग खेल्नका लागि नेपाल आएका थिए । तर राष्ट्रिय टिममा भने उनी पर्न सकेका छैनन् । उनी पारिवारिक कारण अष्ट्रेलिया गएपछि उतै बस्दै आएका छन ।
उनले त्यहाँ नुनावाडिङ सिटी एफसी, सनसाइन जर्ज क्रस र प्रेस्टन लाइन्स क्लवबाट यसअघि खेलिसकेका छन ।








प्रतिक्रिया राख्नुहोस्