पारा ओलम्पिकको मिति सार्वजनिक
काठमाडौं । जापानको टोकियोमा २०२१ मा हुने पारा ओलम्पिकको मिति सार्वजनिक गरिएको छ ।
कोरानो भाइरसका कारण टोकियोमा हुने पारा ओलम्पिक एक वर्षका लागि सरेको थियो । जसका कारण अन्तराष्ट्रिय ओलम्पिक कमिटीले नयाँ मिति सार्वजनिक गरेको हो ।
नयाँ मिति अनुसार पारा ओलम्पिक अगष्टका २४ देखि सेप्टेम्बर पाँच तारिखसम्म हुनेछ ।
पारा ओलम्पिकमा २२ खेलका पाँच सय २९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । जसमा नेपालबाट पनि खेलाडीले सहभागिता जनाउने छन ।
टोकियो ओलम्पिक सकिएपछि पारा ओलम्पिक सुरु हुने गर्छ । जसमा टोकियो ओलम्पिक जुलाई २३ बाट अगष्ट ८ तारिखमा सम्पन्न हुनेछ ।
यसका लागि नेपालबाट पनि वाइल्डकार्डको सूची आइओसीमा पठाइसकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्