मेलम्चीमा पहिरो : आठ जना बेपत्ता, एकको जीवितै उद्धार

सिन्धुपाल्चोक । मेलम्ची- ११ मा पहिरो खस्दा आठ जना बेपत्ता भएका छन् भने एक जनाको जीवितै उद्धार भएको छ । भारतीय नागरिक बारु शाहको उद्धार गरी अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
गए राति आएको अविरल वर्षासँगै खसेको पहिरोले मेलम्ची कभर्डहल निमार्ण गर्ने कामदारलाई पुरिएका हुन् ।

पहिरोमा परी बेपत्ता हुनेहरूमा वीरगन्जका वर्ष ४२ का राजेन्द्र चौरासिया, ३५ बर्षिय प्रदिप र्चाैरासिया, २५ वर्षीय विक्रम थिंग, २३ वर्षीय मान बहादुर रुम्बा,२० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द« चौधरी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पहिरोमा सात जना वीरगन्जको र एक जना भारतीय नागरिक अझै बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्