अनलाइन स्विमिङ लेभल–१ कोचिङ कोर्स सम्पन्न
काठमाडौं । नेपाल ट्राईयाथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल–१ कोचिङ कोर्स सम्पन्न भएको छ ।
कोर्समा ट्राईयाथलन र पौडीसँग सम्बन्धित २५ प्रशिक्षकहरुले सहभागिता जनाएका थिए । प्रशिक्षार्थीहरुलाई सिंगापुरका प्रशिक्षक युजित लिले अनलाइन मार्फत प्रशिक्षण प्रदान गरेका थिए ।
कोभिड १९ का कारण खेल गतिविधि ठप्प भईरहेको अवस्थामा प्रशिक्षकहरुलाई पौडीसम्बन्धी ज्ञान प्रदान गर्दै प्रशिक्षकको स्तर वृद्धि गर्न संघले निकै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुले बताए ।
प्रशिक्षक लिले पौडी प्रशिक्षण सम्वन्धि उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्वन्धि बिशेष ज्ञान प्रदान गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्