मालपोत कार्यालय उदयपुरका एक कर्मचारीमा कोरोना पुष्टि

उदयपुर । मातपोत कार्यालय उदयपुरका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । २४ बर्षीय पुरुष कर्मचारीमा कारोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।
प्रमुख सुबेदीका अनुसार केहि दिन अघि चार कर्मचारीको कोरोना परिक्षण गरिएकोमा ती कर्मचारीको रिपोर्ट पोजेटिभ आएको हो । उनलाई सेवाग्राहीबाट वा अन्य कुनै हिसावले कोरोना सरेको बारे भने प्रष्ट भइसकेको छैन । सो वारेमा सोधपुछ तथा अनुसन्धान साथै कन्ट्रयाक् ट्रेसिङ पछि मात्र थाहा हुने बताईएको छ ।
अहिले मालपोत कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएसँगै अन्य सरकारी कार्यालयहरुमा थप सतर्कता अपनाइएको छ । मालपोत कार्यालय सिल गर्ने सन्दर्भमा जिल्ला स्थित कोरोना सम्बन्धिको सुरक्षा समितिको बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।
सरकारी कार्यालयमा कोरोना भेटिएको यो घटनापछि सर्वसाधारण त्रसित बनेका छन् । लकडाउन खुकुलो भएसँगै सामान्य बन्दै गएको जनजीवनमा कोरोना प्रतिको लापर्वाही बढ्दो रहेको अवस्थामा यो घटना भएपछि उच्च सतर्कता अपनाउन आवश्यक देखिएको छ । जिल्ला स्थित सुरक्षा संयन्त्रले उच्च सतर्कतका लागि कदम अगाडी बढाइ सकेको छ ।
सर्वसाधारणलाई माक्स सेनिटाइजर प्रयोग जस्ता कोरोना उच्च सतर्कता अपनाउन आह्वान सँगै अनुगमन समेत थालेको छ । हिजोबाट अनुगमन थालेको प्रशासन, नगरपालिका, र सरोकारवाला निकायहरुले माक्स प्रयोग नगरेको पाइएमा जरिवाना गर्ने जनाएको छ । कडाईका साथ सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भिम प्रसाद दाहालले बताए । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८५ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्