तपाईँ सुन्दै हुनुहुन्छः

झापामा तीन प्रहरी जवानसहित चार जनामा कोरोना सङ्क्रमण पुष्टि

झापा । झापाको कमल गाउँपालिका–५ स्थित पाथीभरा गण पाँडाजुगीमा कार्यरत तीन जना सशस्त्र प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज संक्रण पुष्टि भएका दुई सय ७४ जनामा उनीहरू पनि परेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताउनुभयो ।

पाथीभरा गण पाडाँजुगीका तीन जना सशस्त्र प्रहरी र दमककी एक महिलासहित आज झापामा चार जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सङ्क्रमित महिला भारतबाट आएर होम क्वारेनटाइनमा बसेकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button