बीरगंजमा थपिए ५३ संक्रमित : अवस्था भयावह बन्ने चिन्ता

वीरगंज । नारायणी अस्पताल बीरगंजको प्रयोगशालामा गएराति गरिएको पिसीआर परीक्षणको क्रममा चिकित्सक स्वास्थ्यकर्मी, नेपाली सेना सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये १५ जना महिला रहेका छन् । पिसीआर परीक्षणको क्रममा नारायणी अस्पतालको क्वार्टरमा बस्दै आएका ११ जना स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित देखिएका छन् ।
अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो । ३ वर्षदेखि ६० वर्ष उमेरसमूहका १५ महिला, वीरगन्जको श्रीपुरस्थित नेपाली सेनाको ब्यारेकका थप दुई जवानसहित ५३ जना नयाँ संक्रमित थपिएको मेडीकल सुपरीटेण्डेन्ट उपाध्यायले बताउनुभयो ।
नयाँ संक्रमित ५३ जना मध्ये २ जना बाराको जितपुर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी रहेको पुष्टि भएको छ । त्यसैगरी पर्साको छिपहरमाई गाउँपालिका, टिहुकीका एक र पटेर्वासुगौली गाउपालीका वाडा नम्बर ५ का तीन जना संक्रमित भएकाछन् ।
अन्य संक्रमितहरुमा वीरगन्ज महानगरपालिकाको छपकैया, मुर्ली, सिर्सिया, पानी ट्यांकी, बिर्ता, रेसमकोठी बस्ने व्यक्तिहरु रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो ।
यसअघि हिजो बीरगंजमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणको कारण बुधबार बीरगंजमा २ जनाको ज्यान समेत गएको थियो ।
नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा हाल ६२ जनाको आईशोलेशनमा उपचार भईरहेको र अस्पतालमा बेडको अभाव हुदा झण्डै १ सय भन्दाबढि संक्रमितहरु घरमै होम आईशोलेशनमा बस्न बाध्य भएका छन् ।
होम आईशोलेशनमा बस्दा संक्रमणको जोखिम बढ्ने देखिएको र बीरगंजमा संक्रमितलाई राख्ने थप व्यबस्था नभएमा अबस्था जटिल बन्दै जाने देखिएको छ । यसतर्फ स्थानिय, प्रदेश र संघिय सरकारले ध्यान नदिएको भन्दै स्थानिय बासिन्दा आक्रोशित भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्