तपाईँ सुन्दै हुनुहुन्छः

कार्यालय प्रमुख श्रेष्ठविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय खोटाङका कार्यालय प्रमुख नारायण काजी श्रेष्ठबिरुद्ध ९ लाख २४ हजार रुपैया बिगो माग गर्दै आज विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

यसैगरी, खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखमा कार्यरत सव(इन्जिनियर द्वय रन्जित कुमार श्रेष्ठ र विरेन्द्र चन्द बिरुद्ध ४५ हजार बिगो माग दाबि सहित आजै अख्तियारले बिशेष अदालतमा भ्रष्ट्राचार गरेको आरोपनमा मुद्दा दायर गरेको छ ।

यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीका नायब सुब्बा कृष्ण बल्लभ ठाकुर बिरुद्ध घुस लिइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजै घोराही उप– महानगरपालिका वडा नं. १८ दाङ बस्ने गोविन्द शाह र लमही नगरपालिका वडा नं. ५ बस्ने समीर भण्डारी बिरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरीएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button