कर्णाली नदीमा पानीको बहाव खतरा नजिक
टीकापुर कैलाली । कर्णाली नदीमा पानीको बहाव खतराको नजिक पुगेको छ । जल तथा मौसम विज्ञान विभागले गरेको मापन अनुसार बिहान १०ः१५ बजे पानीको सतह १० मिटर नाघेको छ । १० दशमलव ८ मिटरलाई खतरा मानिएको छ ।
अविरल वर्षा र कर्णालीमा पानीको बहाव बढेकाले जमरा र कुलरिया नदीमा पानी अत्याधिक बढेको छ । जमरा कुलरिया, चुरेबाट बगेको कान्द्रा, काडा, पथरैया, मोहना, कर्णाली नदी तटका बस्तीमा बाढीको खतरा बढेकोले नागरिकलाई सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह समेत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्