तपाईँ सुन्दै हुनुहुन्छः

झापाको बुद्धशान्तिमा खोलाले बगाएर एक बालको मृत्यु

झापा । झापाको बुद्धशान्तिमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

बुद्धशान्ति गाउँपालिका–३ पिपलबोटेका महेश राईको छोरा ४ वर्षीय मौषम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो । घर बाहिर खेल्ने क्रममा घर नजिकै रहेको हडिया खोलाले बालकलाई बगाएको थियो ।

खोलामा बग्दै गरेको अवस्थामा स्थानियले तत्काल उद्धार गरी उपचारको लागि स्थानिय लिभिङ होप पोलिक्लिनिक बुधबारेमा लगिए पनि बालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी थापाले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यलय धुलाबारीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया अघि बढाई घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button