महिलाको नाममा जग्गादर्ता गर्नेको संख्या बढ्दै
बैतडी । पछिल्लो समयमा बैतडीमा महिलाको नाममा जग्गादर्ता गर्नेको संख्या बढ्दै गएको छ ।
नेपाल सरकारले महिलाको नाममा जग्गादर्ता गर्दा राजस्वमा समेत छुट दिएकाले महिलाको नाममा जग्गादर्ता गर्नेको संख्या बढ्दै गएको मालपोत कार्यालय बैतडीका सूचना अधिकारी अनिल चन्दले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा ९१ जना महिलाको नाममा जग्गा दर्ता भएको चन्दले जानकारी दिनुभयो । महिलाको नाममा जग्गादर्ता गरे बाफत २ लाख ७७ हजार राजस्व छुट भएको छ ।
महिलाको नाममा जग्गादर्ता गरेमा २५ प्रतिशत राजस्व छुट हुने नियम रहेको सूचना अधिकारी चन्दले बताउनुभयो । प्रत्येक वर्ष महिलाको नाममा जग्गा दर्ता गर्नेको संख्या बढ्दै गएको उहाँले बताउनुभयो ।
महिलाको नाममा जग्गादर्ता हुने क्रम बढेपछि महिलामाथि हुने हिंसा पनि कम हुँदै जाने महिला अधिकारकर्मीहरुले बताएका छन् । महिलाको सम्पत्तिमा पहुँच नहुँदा हिंसा हुने भएकाले महिलाको नाममा जग्गा दर्ता हुँदै गएपछि महिलामाथि हुने हिंसामा केही कमी आउने अधिकारकर्मी पार्वती भट्टले बताउनुभयो ।
जिल्ला मालपोत कार्यालय बैतडीका अनुसार आर्थिक २०७६–७७ मा ९१ जना महिलाको नाममा लालपूर्जा बनेको छ । गत आर्थिक वर्षमा ६६ जना महिलाको नाममा लालपूर्जा बनेकोे थियो ।








प्रतिक्रिया राख्नुहोस्