अछाममा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

अछाम । अछामका थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टामा तीन सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको हो ।
आज थपिएका मध्ये सबैभन्दा बढी अछामको पञ्चदेवल विनायक नगरपालिकाकाका एक महिला र १३ पुरुष गरी १४ जना, बाजुराको खप्तडछेडेदहका-१ का दुई महिला र वडा नम्बर ६ का ११ वर्षीय बालक रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय २६ पुगेको छ भने आठ जनाको मृत्यु भइसकेको छ।
अछाम जिल्लामा भने सङ्क्रमितको सङ्ख्या छ सय ४० पुगेको छ । जिल्लामा हालसम्म पाँच सय ८२ जना निको भई घर फर्केका छन् भने एक जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्