तपाईँ सुन्दै हुनुहुन्छः

रञ्जन कोइरालाको मुद्दामा तीन न्यायाधीशको बेन्च तोकियो,आजै पेसी

काठमाडौँ । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीशसमेतको बेन्चबाट भएको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन निवेदनको सुनुवाईका लागि तीन न्यायाधीशको बेन्च तोकिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आजै पेसी तोकिएको छ ।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका पूर्व डीआइजी कोइरालालाई सर्वोच्व अदालतबाट कैद घटाउने फैसल्ला गरेको थियो ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले  सर्वस्वसहित जन्मकैदको सजाय कटौती गर्ने फैसला गरेको थियो । सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

यो मुद्दा न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको बेन्चमा परेको छ ।  यो बेन्चले उक्त मुद्दामा प्रमाणहरूको अध्ययन गरी पुनरावलोकन हुने–नहुने निस्सा दिने छ । पुनारावलोकन हुने भएमा मात्र मुद्दा अगाडि बढ्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button