तपाईँ सुन्दै हुनुहुन्छः

खेलाडीहरुलाई राहत वितरण

नेपालगन्ज । बाँकेमा कोभिड–१९ महामारीका कारण समस्यामा परेका खेलाडीहरुलाई राहत वितरण गरिएको छ । बाँके जिल्ला फुटबल संघले शनिबार ४३ जना खेलाडीलाई राहत वितरण गरेको हो ।

नेपालगन्जमा आयोजित एक कार्यक्रममा उनीहरुलाई जनही १ हजार ७ सय ४५ रुपैंयाँको दरले राहत दिएको बाँके जिल्ला फूटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो । अखिल नेपाल फूटबल संघ (एन्फा) बाट प्राप्त आर्थिक सहयोग वितरण गरिएको हो ।

खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेश ५ का सांसद् तथा ओलम्पियन सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगर लगायतले नगद हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button