तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप दुई जना कोरोना संक्रमित डिष्चार्ज

नेपालगन्ज। बाँकेमा आज थप २ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना निको भएर घर फर्कनेको संख्या ३ सय ७२ पुगेको छ । अब आइसोलेसनमा २६ जना छन् ।

आज नेपालगञ्जस्थित आदर्शनगर आइसोलेसन केन्द्रबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का ३२ र ३४ बर्षीय दुई जना पुरुष निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा ४ सय जनामा संक्रमण पुष्टि हुँदा २ जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button