तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा कोरोना संक्रमित चार हजार नाघ्यो

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आजसम्म प्रदेशभर ४ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले पछिल्लो समय प्रदेशमा कोरोना संक्रमित निको हुने दर बढेको बताउनु भयो । उहाँले कोरोना संक्रमण पुष्टी भएका चार हजार ४४ जना मध्ये हालसम्म दुई हजार २ सय ९६ जना कोरोना जितेर घर फर्किएको जानकारी दिनुभयो ।

पछिल्लो डेढ साताको अवधिमा बैतडी र दार्चुलामा नयाँ संक्रमित फेला नपरेको र हाल दुवै जिल्लामा सबै कोरोना संक्रमित निको भएर घर फर्किएको उहाँले बताउनुभयो ।

यस प्रदेशमा आरडिटी र पिसिआर विधिबाट गरी एक लाख ५३ हजार ७ सय १५ जनाको नमुना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button