तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या एक हजार ७५ पुग्यो

धनगढी  । कैलालीमा आज थप आठ  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कैलालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ७५ पुगेको छ ।

आज सेती प्रादेशिक अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा टिकापुर नगरपालिका क्षेत्रका छ  जना र जानकी गाउँपालिकाका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

सङ्क्रमित मध्ये दुई महिला र छ  पुरुष रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button