सुनसरीमा ८५ प्रतिशत रोपाई

सुनसरी । सुनसरीको विभिन्न स्थानीय तहमा ३ वर्ष यताकै सबै भन्दा बढी रोपाई सम्पन्न भएको छ । विगतमा पानीको अभावमा ढिलाई गरी रोप्ने धानको रोपाई प्रतिशत यस वर्ष सन्तोषजनक रहेको छ ।
२ वर्षअघिसम्म साउन महिनाको अन्तिम हुन लाग्दा समेत धान रोपाई ४० देखी ५० प्रतिशत अर्थात सन्तोषजनक हुन नसकेकोमा यस वर्ष साउन पहिलो सातासम्ममा ८५ प्रतिशत रोपाई सकिएकोे हो ।
यस वर्ष समयमा नै वर्षा भएकाले रोपाई उत्साहजनक देखिएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवले जानकारी दिनुभयो ।
जिल्लाको रोपाई तथ्यांक अनुसार असार सुरुदेखि अन्तिमसम्म नहर भएको र नभएको सबै ठाउँमा वर्षा भएकाले ८५ प्रतिशत धान रोपाई भएको छ ।
आकाशे पानीको भरमा धान खेती हुदै आएको देवानगञ्ज, वर्जु र हरिनगर क्षेत्रमा पनि राम्रो रोपाई भएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवले जानकारी दिनुभयो ।
उता हरिनगर गाउँपालिका कृषि विकास शाखाका प्रमुख लक्ष्मी मेहताका अनुसार हरिनगरमा १०० प्रतिशत रोपाई भएको छ । यो अघिल्लो वर्षको तुलनामा दोब्बर हो । यता सिंचाईको असुविधा रहेको ठाउँमा समेत पर्याप्त वर्षा भएकाले कोशी भोक्राहा नरसिंह र गढी क्षेत्रमा समेत ९० देखी ९५ प्रतिशतसम्म धान रोपाई भएको छ । यहाँ असाउको दोस्रो हप्तासम्ममा सतप्रतिशत रोपाई हुने अनुमान कृषि ज्ञान केन्द्रको छ ।








प्रतिक्रिया राख्नुहोस्