तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा खोलाले बगाउँदा १ युवक र एक वृद्धको मृत्यु

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै स्थानमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

खोलाले बगाउँदा ईश्वरपुरमा एक युवकको मृत्यु भएको छ भने रामनगर गाउँपालिकामा एक वृद्धको मृत्यु् भएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ४ मा रहेको अम्बेमा खोलामा पौडि खेल्न गएको युवक ३ दिन पश्चात हिजो मृत अवस्थामा फेला परेको छ । लालबन्दी नगरपालिका वडा नं। ४ बस्ने १९ वर्षिय बिशाल गोले गएको ४ गते खोलामा पौडि खेल्न गएका थिए । गोलेलाई बाढिले बगाए पछि बेपता भएका थिए । सागरनाथ वन विकास परियोजनाका स्टाफहरुको लागि निर्माण गरिएको लेवर हाउस नजिक खोलाको बगरमा घोप्तो परेको अवस्थामा गोलेको शव भेटिएको ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङले जनाएको छ । गोलेको शव पोष्टमार्टम लागि मलंगवा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सर्लाहीको रामनगर गाउँपालिकामा पनि एक जना वृद्धलाई खोलाले बगाउँदा वृद्धको मृत्यु भएको छ । वडा नं।६ मलघाटामा रहेको कुण्डि नहरको लच्का तर्ने क्रममा सोही वडा बस्ने ४५ वर्षिय बजेन्द्र झाँलाई बुधवार खोलाले बगाउँदा बेपता भएका थिए । बेपता भएको झा लाई प्रहरीले खोजदै जादाँ खोलाबाट ५ सय मिटर दक्षिण गए साझ नै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कु्वँरले जानकारी दिए । मृत्क झाको शव पोष्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको प्रवक्ता कुवँरले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button