तपाईँ सुन्दै हुनुहुन्छः

धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुनः खोलिने

बैतडी । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुनः खोल्ने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेसनले दिएको जानकारी अनुसार परियोजनाको बाँध साउन १५ गते राति १२ बजेदेखि १६ गते बेलुकी पौने सात बजेसम्म खोलिने भएको हो ।

बाँध खोलिने हुँदा बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि सूचना जारी गर्दै महाकाली नदी छेउका बासिन्दालाई सतर्क हुन आग्रह गरेको छ ।

बाँध खोलेपश्चात् महाकाली नदीमा पानीको सतह घटबढ भइराख्ने भएकोले सतर्क रहन दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले आग्रह गर्नुभयो ।

यसअघि गत असार १५ गते राती १२ बजेदेखि असार १६ गते बेलुका पौने ७ बजेसम्म खोलिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button