कम्युनिष्ट नेता बर्मन बुढाको निधन

काठमाडौं । रोल्पाका अग्रज कम्युनिष्ट नेता बर्मन बुढाको निधन भएको छ । ९० बर्षको उमेरमा बुधबार विहान उपचारकाक्रममा पाटनमा उहाँको निधन भएको हो।
रोल्पाको थवाङ निवासी बुढा आन्द्राको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट २०४८ सालमा सांसद भएका बुढा नेपाली कम्युनिष्टका आदर्श व्यक्तित्व मानिनुहुन्छ ।
कृष्ण बहादुर महराको नेतृत्वमा संसदमा भएको तत्कालिन जनमोर्चाका ९ जना सांसद मध्यका एक सांसद हुनुहुन्थ्यो ।
गाउँमा मुखियाको विरोध गरेर जेल परेका बुढा मोहन विक्रम सिंहको संगतले कम्युनिष्ट बन्नुभएको थियो । उहाँ तत्कालिन नेकपा माओवादीमा लाग्नुभएको थियो । तर, पछिल्लो समय पार्टी विभाजन प्रति बुढा असन्तुष्ट हुँदै आउनुभएको थियो ।
वर्मन बुढाको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले दुःख व्यक्त गनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्