मुलपानी मैदानका लागि क्युरेटर नियुक्त
नेपाल क्रिकेट संघ क्यानले मुलपानी मैदानका लागि क्युरेटर नियुक्त गरेको छ । राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मुलपानी मैदन अहिले पनि निर्माणका चरणमा रहेको छ । मैदानको पीच निर्माणका लागि अजय पाण्डेलाई क्युरेटर नियुक्त गरिएको क्यानले जनाएको छ ।
यस्तै क्यानको सोमबार बसेको बैठकले भैरहवा, वीरगञ्ज र पोखराका लागि क्युरेटर पनि नियुक्त गरेको छ । भैरहवामा जंग गुरुङ, वीरगञ्जमा प्रफुल्ल प्रधान र पोखरामा प्रदीप मण्डललाई क्युरेटरका रुपमा पठाइने तयारी गरेकोछ ।
क्यानको वैठकले महिला क्रिकेटको विकास विस्तारमा थप योगदान पुर्याउने उद्देश्यले महिला क्रिकेट कमिटी पनि गठन गरेको जनाइएको छ । जयन्ती भट्टको संयोजकमा महिला क्रिकेट कमिटिको गठन गरिएको छ । कमिटी सात सदस्यीय रहनेछ ।








प्रतिक्रिया राख्नुहोस्