तपाईँ सुन्दै हुनुहुन्छः

साउन महिना र सुनसान पशुपति मन्दिर

काठमाडौं । साउन महिनाको सोमवार भगवान् शिवको मन्दिर तथा शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

तर यस पटक भने विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण पशुपतिनाथ लगायत देशैभरका सबै शिवमन्दिरहरु बन्द रहेका छन् ।

भगवान् शिवको अराधाना गर्ने भक्तजनहरूले कोरोना सङ्क्रमणका कारण यस पटक घरमै भगवान् शिवको पूजाआजा गर्नुपर्ने बाध्यता रहेको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण बन्द रहेको पशुपतिनाथ मन्दिर साउनको पहिलो सोमबार नखुल्ने भएको छ ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर यसबिचमा लकडाउन खुलेमा साउनको दोस्रो सोमबारदेखि निश्चित मापदण्ड पुरा गरी खुल्न सक्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

हिन्दुहरूको धार्मिक स्थल पशुपतिनाथ मन्दिर विगतमा साउन महिनामा दर्शनार्थीहरुको धेरै भिड हुने गरेको भए पनि कोरोनाको कारण यस पटक सरकारको निर्देशन विपरीत मन्दिर खोल्न नसकिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

विशेष गरी साउन महिनामा भगवान् शिवको दर्शन गर्नका लागि देश तथा विदेशबाट समेत लाखौँको सङ्ख्यामा दर्शनार्थीहरु पशुपति आउने गर्दछन् । यस पटक भने कोरोना सङ्क्रमण नियन्त्रणका लागि जारी रहेको लकडाउनका कारण दर्शनार्थीहरुका लागि पशुपतिनाथ मन्दिर खुला गर्न नसकिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले बताउनुभयो ।

लकडाउन खुलेमा दर्शनार्थीहरुका लागि दोस्रो सोमबारदेखि सेनिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने जस्ता नियम पालना गरी दर्शन गर्ने व्यवस्था मिलाउने गरी तयारी भइरहेको छ ।

साउन महिनामा पशुपतिनाथ मन्दिर खुल्ने वा नखुल्ने भन्ने हिन्दु धर्माबलम्बीहरुको चासो र सरोकारको विषय समेत छ भने साउन महिनामा नियमपूर्वक व्रत बसी भगवान् शिवको पूजाआरधना गर्नाले सम्पूर्ण सुख प्राप्त हुने, रोगव्याधी तथा दैवी विपत्ति नआउने जनविश्वास रहेको कोषका कार्यकारी निर्देशक डा. खतिवडाले जानकारी दिनुभयो ।

लकडाउन खुलेमा साउन महिनाको दोस्रो सोमवारदेखि दर्शनार्थीहरुलाई पशुपतिनाथको दर्शन गराउने व्यवस्था मिलाउने गरी तयारी गरिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

लकडाउन खुलेमा दर्शनार्थीहरुका लागि दोस्रो सोमबारदेखि सेनिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने जस्ता नियम पालना गरी दर्शन गर्ने व्यवस्था मिलाउने गरी तयारी भइरहेको पनि कोषका कार्यकारी निर्देशक डा. खतिवडाले जानकारी दिनुभयो ।

लकडाउन खुलेको अवस्थामा आएका भक्तजनहरूलाई मन्दिरको मूल क्षेत्रभित्र प्रवेश गरिसकेपछि श्वासप्रश्वासका कारण पनि विभिन्न रोगहरूको सङ्क्रमण हुन सक्ने भएकाले बोल्न नपाइने, दुई÷दुई मिटरको दुरीमा बस्नुपर्ने लगायतका प्रोटोकल तयारी गरेको र सुरक्षित किसिमले भक्तजनहरूलाई दर्शनको व्यवस्था मिलाइने पनि पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button