तपाईँ सुन्दै हुनुहुन्छः

९२ प्रतिशत रोपाँई सम्पन्न, धान उत्पादन बढ्ने


बैतडी । बैतडीमा साउन पहिलो सातामै ९२ प्रतिशत रोपाँई सम्पन्न भएको छ । मकै लगाएर रोपाँई गर्ने ठाउँ बाहेक अरु सबै ठाउँमा रोपाँई सम्पन्न भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

यो बर्ष समयमै पानी परेकाले आकाशे पानीको भरमा रोपाँई हुने ठाउँमा समेत रोपाँई सम्पन्न भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । यो बर्ष समयमै पानी परेकाले जिल्लाका अधिकाँंश ठाउँमा रोपाँई सम्पन्न भईसकेको उहाँले बताउनुभएको छ । बर्षको तीनखेती गर्ने ठाउँ बाहेक अन्य ठाउँमा रोपाँई सम्पन्न भईसकेको उहाँले बताउनुभयो ।

जिल्ला गोकुलेश्वर, पञ्ज्युनयाँ लगायतका ठाउँमा मकै भित्र्याएर रोपाँई गर्ने गरिन्छ । ती ठाउँमा मकै भित्र्याउन थालिएको र अबको केही दिनमै रोपाँई सम्पन्न हुने निमित्त प्रमुख चन्दले जानकारी दिनुभयो । बैतडीमा ९ हजार हेक्टर क्षेत्रफलपमा धानखेती गरिदै आएको छ । बैतडीमा रोपाँई हुने क्षेत्रमध्ये आधा जतिमा मात्रै सिंचाईको सुविधा छ ।

आधा क्षेत्रका किसानहरुले आकाशे पानीको भरमा रोपाँई गर्दै आएका छन् । यो बर्ष समयमै पानी परेकाले आकाशे पानीको भरमा रोपाँई गर्नेहरुले रोपाँई गरिसकेका छन् । समयमा धान रोपेकाले यो बर्ष धान उत्पादनमा समेत वृद्धि हुने अनुमान गरिएको छ । धानखेतीका लागि समय समयमा पानी परि रहेकाले धान उत्पादनमा वृद्धि हुने आँकलन गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button