तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा सदस्यमा ज्वारचनले लिनु भयो सपथ

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त स्थानमा गुल्मीकी सुवर्ण ज्वारचनले पद तथा गोपनियताको सपथ लिनु भएको छ ।

ज्वारचनलाई सभामुख अग्नीप्रसाद सापकोटाले आज संसद सचिवालय सिंहदरवारमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।

नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते निधन भएपछि उक्त पद रिक्त भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button