पाँच करोडको लगानीमा फुटबल प्रशिक्षण प्रतिष्ठान सञ्चालन हुने
झापा । पाँच करोड रुपैयाँको लगानीमा झापामा फुटबल प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउने भएको छ ।
आज झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर झापा ११ ले एकाडमी सञ्चालनमा आउने जानकारी दिएको हो ।
झापा–११ फुटबल क्लबले ‘एकेडेमी’ सञ्चालनमा ल्याउन लागेको क्लबका अध्यक्ष जलकुमार गुरुङले बताउनुभयो ।
प्रशिक्षक, खेलाडी तथा प्राविधिकसँगको परामर्शपछि एकाडमी सञ्चालनको तयारी सुरु गरिएको हो ।
क्लबलाई आगमी दिनमा अझ मजबुद बनाउन तथा खेलाडी उत्पादनको उद्देश्य राखेर एकाडमी सञ्चालन गर्न लागिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
‘एकाडमी नहुँदा क्लबका लागि खेलाडीको अभाव र खेलाडी उत्पादन गर्न सम्भव नभएकाले झापा ११ ले एकाडमी सञ्चालन गर्न लागेको हो ।
त्यसका लागि प्रशिक्षकसँग पनि सल्लाह गरिएको छ ।
लिग विजेता मच्छिन्द्र क्लबका मुख्य प्रशिक्षक प्रवेश कटवालले एकाडमी स्थापना भएपछि खेलाडीमा थप हौसला प्राप्त हुने र प्रशिक्षण पनि राम्रो हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्