तपाईँ सुन्दै हुनुहुन्छः

दाहाल एशियाकै बेस्ट जुनियर खेलाडी

काठमाडौं । नेपालका स्टार ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल एशियाकै बेस्ट जुनियर खेलाडी बनेका छन् ।

ब्याडमिन्टन एशियाले प्रिन्सका बारेमा लेख प्रकाशित गर्दै बेस्ट जुनियर खेलाडी घोषणा गरेको हो ।
प्रिन्स विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौ स्थानमा रहेका छन् । यो नेपाली ब्याडमिन्टन र प्रिन्सकै उत्कृष्ट वरियता हो ।

प्रिन्सले जुनियर स्तरमा दुई अन्तर्राष्ट्रिय उपाधि जितिसकेका छन् भने अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलेका छन् ।

ब्याडमिन्टन एसियाले हरेक हप्ता एसिया क्षेत्रका उत्कृष्ट खेलाडीको लेख सार्वजनिक गर्दछ । त्यसैअन्तर्गत यो साता नेपालका प्रिन्सको आलेख सार्वजनिक गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button