तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको दुर्लुङका पहिरो पीडितलाई सहयोग हस्तान्तरण

पर्वत । पर्वतको कुश्मा नगरपालिका– ३ दुर्लुङका पहिरो पीडितलाई १० लाख १९ हजार रुपैयाँ वितरण गरिएको छ ।

पहिरोबाट ज्यान गुमाएका ९ जनाका परीबार र पहिरोबाट घरबारविहिन भएका ६ परीबारलाई पर्वत समाज अमेरिकाको तर्फबाट प्राप्त रकम शनिबार हस्तान्तरण गरिएको हो ।

पहिरोमा परी ज्यान गुमाएका ९ जनालाई जनही ७० हजारको दरमा ६ लाख ३० हजार र घरबारविहिन ६ जना परीवारलाई जनही ६५ हजारको दरमा ३ लाख ६० हजार रुपैयाँ वितरण गरिएको स्थानीय प्रितम गुरुङले जानकारी दिनुभयो ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले प्रवासीहरुको तर्फबाट प्राप्त रकम पीडित परीबारलाई वितरण गरिएको छ । पहिरोले पुर्याएको मानवीय क्षती र विस्थापितहरुलाई अमेरिकामा रहेका ९३ जनाले उक्त रकम सहयोग गरी गाउँसम्म ल्याएका हुन् । रकम वितरण कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पीडितहरुलाई परेको समस्यालाई मध्यनजर गर्दै प्रवासी नेपालीहरुले गरेको सहयोग अतुलनिय रहेको बताउनुभयो ।

दुर्लुङबासीहरुले सामूहिक रुपमा पहिरोमा ज्यान गुमाएका द्रिपा थापा र विवेक थापाको स्मृतिमा स्थापना गरेको अक्षयकोषका संयोजक प्रभु गुरुङले अक्षयकोषमा अहिले सम्म ९ लाख रुपैयाँ भन्दा बढि रकम जम्मा भैसकेको जानकारी दिनुभयो ।

जेठ ३१ गते पहिरोले पुरिएर ९ जनाको मृत्यु भएको थियो भने ६ जनाको परीबार विस्थापित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button