३३ करोड ९९ लाख बढी राजश्व सङ्कलन
टीकापुर कैलाली । करदाता सेवा कार्यालय लम्कीबाट गत आर्थिक वर्षमा ३३ करोड ९९ लाख बढी राजश्व सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा ३३ ओटा शीर्षकबाट ३३ करोड, ९९ लाख, ५५ हजार, १ सय ३ रुपैयाँ ७६ पैसा राजश्व सङ्कलन भएको करदाता सेवा कार्यालय लम्कीका प्रमुख सुरेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
प्रमुख पोख्रेलका अनुसार उत्पादन, वस्तु बिक्री वितरण, परामर्श तथा ठेक्का, सञ्चार, विमा, हवाई तथा अन्य सेवा, वेदर्तावाल सेवाको मूल्य अभिवृद्धि कर बापत १३ करोड, १० लाख, ५७ हजार, ४ सय ५८ रुपैयाँ २६ पैसा राजश्व सङ्कलन भएको छ ।
विभिन्न ८ ओटा आयकर शीर्षकबाट १२ करोड, ३८ लाख, ५४ हजार, १ सय ६१ रुपैयाँ ८७ पैसा र सुर्तीजन्य पदार्थ, मदिरा, बियर र अन्य औद्यँेगिक उत्पादनको अन्त शुल्कबाट २ करोड, ४० लाख, ३९ हजार, ३ सय ८८ रुपैयाँ ७६ पैसा राजश्व सङ्कलन भएको छ ।
व्यक्तिगत पूजिगत लाभकरबाट १ करोड, ९६ लाख, ९६ हजार, ७ सय ६१ रुपैयाँ ५१ पैसा, वहाल करबाट ५७ लाख, ४३ हजार, ७३ रुपैयाँ १६ पैसाा, लाभांश करबाट १९ लाख, ५० हजार, १ सय १२ रुपैयाँ ६८ पैसा, आकस्मिक लाभकरबाट १ लाख, ६८ हजार, ८ सय ६९ रुपैयाँ राजश्व सङ्कलन भएको प्रमुख पोख्रेलले बताउनुभयो ।
पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबाट २ करोड, १९ लाख, २६ हजार, ४ सय ४३ रुपैयाँ २८ पैसा, व्याज करबाट १ करोड, १५ लाख, १६ हजार, ३ सय ३६ रुपैयाँ र स्वास्थ्य सेवा बापत २ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ ।







प्रतिक्रिया राख्नुहोस्