बैतडीमा सर्पले डसेर एक किशोरीको मृत्यु
बैतडी । सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ ।
पञ्चेश्वर गाउँपालिका वडा न. २ महाकालीकी १७ बर्षीया भागरथी चन्दको मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।
भागरथीलाई घरको आगनमै रहेका बेला हिजो बेलुका सर्पले डसेको र उपचारको लागि लैजादैं गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष चन्दले बताउनुभयो ।
मृतक किशोरी कक्षा ७ मा अध्ययनरत थिइन् ।







प्रतिक्रिया राख्नुहोस्