घरेलु कार्यालय बाँकेका अधिकृत घुससहित पक्राउ

नेपालगञ्ज- घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत हुकुम बहादुर ओली घुससहित पक्राउ परेका छन् । ठेक्कापट्टाको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीबाट ९६ हजार तीन सय रुपैयाँ घुस लिँदै गर्दा ओलीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो । ओलीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको गैरेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्